युद्धका बादलहरू मडारिरहेका बेला बुुद्धिज्म र शान्ति आवश्यक छ : प्रधानमन्त्री ओली

युद्धका बादलहरू मडारिरहेका बेला बुुद्धिज्म र शान्ति आवश्यक छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुुद्धिज्म र शान्ति आजको आवश्यकता भएको बताएका छन् ।

लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुुद्धिज्म भएको बताए ।

उनले भने, ‘बुुद्धिज्म आजको झन् बढी आवश्यकता हो, शान्ति झन् बढी आवश्यकता हो । किनभने दुुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन् । दुनियाँ कहीँ युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ ।’

युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने भन्दै युुद्धले शान्ति स्थापना गर्न नसक्ने बताए ।

उनले भने, ‘विश्व शान्तिका लागि एउटा चुनौती हो । यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युुद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन । त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसैकारण यसमा बुद्धका शिक्षाहरू, शान्तिका शिक्षाहरू आज यसकारण झन् बढी महत्त्वका रहेका छन् ।’

नेपाल र चीनको सम्बन्ध कूटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरूलाई बुुझेर अगाडि बढाउनुुपर्ने पनि उनले बताए ।

उनले भने, ‘नेपाल र चीनको सम्बन्ध कूटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ । अहिले कूटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहँदै आएको छ । हाम्रा २ छिमेकीहरूसँगको हाम्रो सम्बन्ध कूटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरूको निर्माण, आजका सीमानाहरूभन्दा पुुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ । त्यसो भएर हामीले यी चिजहरूलाई बुुझेर अगाडि बढाउनुुपर्छ ।’