कसैलाई पनि बहुमत ल्याउन नदिने निर्वाचन प्रणालीबारे के भन्छन् प्रधानमन्त्री ओली ?

कसैलाई पनि बहुमत ल्याउन नदिने निर्वाचन प्रणालीबारे के भन्छन् प्रधानमन्त्री ओली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् ।

सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भए तापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउने गरी तयारीमा जुटिरहेको बताए ।

उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन । यो बिल्कुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ । समानुपातिक सहितको विद्यमान परिपाटीबाट साधारणतया कुनै एक दलको बहुुमत आउन गाह्रो छ तर हामीले प्रणाली चुनिसकेको छौं । चुनौतीपूर्ण छ, तर यो काम एमालेका लागि सम्भव छ । त्यसैले मिसन २०८४ एमालेको एकल बहुमत ल्याउने गरीको तयारीमा जुटिरहेका छौं ।’

आफूहरू व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेको उनको दाबी छ । विपक्षीहरूले जनतामा भ्रम छर्न खोजेको भन्दै त्यसलाई बुझेर आफैं त्यसविरुद्ध लाग्नुपर्ने उनले बताए ।

उनले भने, ‘पार्टीका रूपमा विकसित गर्न लाग्नुुपर्छ । व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिरहेका छौं । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ । अहिले हामीमाथि प्रहार भइरहेको छ । सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तीव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरूले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले उनले एमाले पार्टी र आन्दोलन एक दिनको भुल्को नभएको भन्दै कुनै एउटा चटके कुरा गर्दिएर हाहा .. हु … गर्ने जमात पनि नभएको बताए ।