आफ्नो पोस्टर सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने-म झोले हो

आफ्नो पोस्टर सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने-म झोले हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भीडसँग बल भएपनि सत्य नहुन सक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हुँ’ लेखेको पोस्टर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न भनेका छन् ।

केही दिन अगाडि सार्वजनिक भाषण मार्फत् पनि आफू झोलेको भएको बताएका थिए ।

उनले लेखेका छन्– ‘हिजो आज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।’

दुई हात जोडेको तस्वीर राखेर ओलीले आफू झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।