उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री ओली

उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास विना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सीमित हुने र १ प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकासबाहेक अरु कुनै उपाय नभएको बताए ।

उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु, अहिले पनि त्यहीँ भन्छु, उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरिकन रोजगारीको अवसर कहाँबाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटायर्ड होला र मौका पाउला भनेर बस्नुपर्छ । यो त सीमित हो । १ प्रतिशतले पाउने हो जागिर । त्यसैले उद्यमशीलताको विकासबाहेक अरु कुनै उपाय छैन ।’

पूर्वाधार विना विकास सम्भव नहुने भन्दै उनले पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको बताए । युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जनामा सरकारको उच्च प्राथमिकता रहने उनले बताए ।

उनले शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताए ।

उनले भने, ‘युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नुुहुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुुपर्छ । असन्तोष मान्नुुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठीक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन् । अब युवाहरूले जब खोज्नेतिर होइन, जब सिर्जना गर्नेतिर लाग्नुुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरू विदेश जाने क्रम रोक्नुुपर्छ ।’

युुवाहरूले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै उनले सुरुङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने पनि बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुुडियो’को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए ।

कार्यक्रममा ‘आइडिया स्टुुडियो’का संस्थापक डा. छिरिङ लामा र काठमाण्डु मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरूको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।