काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा विपक्षीको अवरोधकाबीच ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको छ। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त अवसरमा केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
ओलीले नेपालमा लगानी गर्न त्यहाँका व्यवसायी र लगानी कर्तालाई आग्रह गर्ने जानकारी गराए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा पनि संसद् अवरोध गरेका थिए ।
विगत केही समयदेखि भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ।
प्रतिक्रिया