नेपालमा दूतावास खोल्न प्रधानमन्त्री ओलीले गरे स्पेनका समकक्षीलाई आग्रह

नेपालमा दूतावास खोल्न प्रधानमन्त्री ओलीले गरे स्पेनका समकक्षीलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसङ्घको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आइतबार द्विपक्षीय भेटवार्ता भएको छ।

स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालका स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए।

स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले सम्मेलनअन्तर्गको नागरिक समाज मञ्चको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका छन्।