स्पेनको सिभिल सोसाइटी फोरममा प्रधानमन्त्रीको सम्बोधन, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा जोड

स्पेनको सिभिल सोसाइटी फोरममा प्रधानमन्त्रीको सम्बोधन, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । स्पेनमा सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई आइतबार प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासशील देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिएका हुन् ।

उनले विकास सहयोग, ऋण दिगोपना र अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए ।

‘तपाईंहरू यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो। तपाईंहरूको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ। समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ। यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु।’

नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उनले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन प्रधानमन्त्रीले आह्वान गरे।

स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवं विकासका लागि स्रोतहरूको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताए।

नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ले स्वीकार गर्नेछ।