एमाले अध्यक्ष ओलीको शल्यक्रिया गर्दाको घाउमा संक्रमण

एमाले अध्यक्ष ओलीको शल्यक्रिया गर्दाको घाउमा संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पित्तथैलीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष केपी ओलीलाई संक्रमण भएको छ ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले जेनजी आन्दोलनमा प्रदर्शनकारी मारिएको घटनामा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेका ओलीलाई अनुसन्धान गर्न भन्दै प्रहरीले १४ चैतमा घरबाटै पक्राउ गरेको थियो । पत्नी राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेपछि प्रहरीले २६ चैतमा ओलीलाई राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो ।

ओलीको गत ३० चैतमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पित्तथैलीमा जमेको पत्थरी शल्यक्रिया गरी निकालिएको थियो । शल्यक्रिया गरेको घाउमा संक्रमण देखिएको एमालेका एक नेताले जानकारी दिए ।

पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनी वैशाख ५ गते डिस्चार्ज भएका थिए ।

त्यसयता ओली भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका छन् । संक्रमणकै कारण उनी वैशाख ९ गतेमा पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा स्थापना दिवसको कार्यक्रममा सहभागी भएनन् ।

चिकित्सकसँगको परामर्शमा उनलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।