काठमाण्डू– एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले आज नेताहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
बैठक ओलीनिवास गुण्डुमा जारी छ ।
यसअघि शुक्रबार र शनिबार बसेको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतबाहेक अधिकांश पदाधिकारीले ओलीको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै उनको राजीनामा मागेका थिए ।
नेताहरुलाई बीचैमा रोकेर ओलीले आफूले नेतृत्व नछाड्ने जवाफ दिइसकेका छन् । एमालेलाई उठाउन अझै आफ्नो नेतृत्वको औचित्य बाँकी नै रहेको उनको भनाइ थियो ।
सचिवालयमा अल्पमतमा परेपछि ओलीले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । केन्द्रीय समितिमा सुविधाजनक बहुमत आफ्नो पक्षमा रहेको विश्वास ओलीलाई छ ।
‘सचिवालयले नेतृत्व छाड भनेर छाड्न मिल्दैन’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘म केन्द्रीय समिति फेस गर्छु । केन्द्रीय समितिले जे भन्छ त्यही हुन्छ ।’




प्रतिक्रिया