नुवाकोट– एमाले अध्यक्ष केपी ओली गत १० भदौमा त्रिशुलीमा आएको बिनासकारी बाढीबाट प्रभावित नुवाकोटको अवस्था बुझ्न विदुर पुगेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पार्टी सम्वद्ध स्वयंसेवकको टोली लिएर शुक्रबार विदुर नगरपालिका पुगेका हुन् ।
ओलीले बाढी प्रभावित ढुङ्गे, त्रिशुलीलगायत प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने एमाले नुवाकोटका नेता केशव पाण्डेले जानकारी दिए ।
बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिन ओली स्थलगत निरीक्षणमा गएका हुन् ।
निरीक्षणका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाटसमेत गरेका छन् भने केही स्थानमा राहत बाँडेका छन् ।




प्रतिक्रिया