म त भाग्यमानी


गीत

– केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

( २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीतले भावना र अनुभूतिलाई बढी समेटेको छ । त्यस दिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा यो गीत डिस्चार्ज भएपछि मात्रै संझनाको आधारमा लिपिबद्द गरेका हुन् ।)

प्रतिक्रिया दिनुहोस
Advertisement