सीमा विवादबारे प्रमाण पुर्याएर बोल्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा सडक निर्माण गरेको विषय आफूलाई जानकारी नभएको बताएका छन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको सीमा मिचेर सडक निर्माण गरेको र भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण सोधिएको बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुसँग प्रधानमन्त्री अ‍ोलीले भारतले लिपुलेकमा अतिक्रमण गरेर सडक निर्माण गरेको विषय आफूलाई जानकारी नभएको बताएका हुन् ।

यता परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारलाई सडक निर्माण गरेको कुरा जानकारीमा रहेको बताउँदै आएका छन् । उनले संसद बैठकमा सडक निर्माण गर्दै गरेको विषय सरकारलाई जानकारीमा रहेको बताउँदै आइरहेका बेला प्रधानमन्त्रीको विवादास्पद भनाई बाहिर आएको हो ।

प्रधानमन्त्री ओलीले सीमा विवादका विषयमा बोल्दा तथ्यसहित बोल्न पनि मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

‘भारतले सडक निर्माण गर्दैछ भन्ने विषयमा सिडिओले ब्रिफिङ गरेका थिए । तर, अतिक्रमण गरेर सडक निर्माण गरेको विषय आएको थिएन’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने, ‘सीमा विवादका विषयमा बोल्दा प्रमाण पुर्याउर बोल्नुपर्छ । बिना प्रमाण बोल्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement