चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडा देखियोः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेले नै कोरोना सारेको बताएका छन् । प्रधानमन्त्री ओलीले भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको बताएका हुन् ।

मंगलबार प्रतिधिनिधि र राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कोरोना संक्रमणका असामान्य अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले चीन र दुबईबाट भन्दा भारतबाट आएको भाइरस कडा रहेको बताएका छन् ।

‘आज हामी असहज र असामान्य अवस्थामा छौं । कोरोनाको महारमारी नेपालमा प्रवेश गरेको छ। र त्यसकै कराणले पनि दुई जना निधन भएको छ । म दुःख व्यक्त गर्न चाहान्न्छु ,। हाम्रो प्रयास नेपालमा कोही पनि कोरोनाबाट ज्यान जानु नपरोस् भन्ने प्रयास असफल भएकोm छ’, उनले भने, ‘सरकारले उच्च सतर्कता अपनाउँछ । सकेसम्म बढी परीक्षण गर्ने । क्वारेन्टाइनमालाई अझ प्रभावकारी बढाउने काम हुँदैछ ।अधिकांश बाहिरबाट आउनेले नै कोरोना सार्ने हो । भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको छ । उहान, दुबईबाट आएका नरम नै थियो । भारतबाट आएको अलिक कडा भाइरस देखियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement