नेपालमा कोरोना संक्रमितको संख्या ४०३ पुग्योः प्रधानमन्त्री अ‍ोली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपालमा कोरोना संक्रमितको संख्या ४०३ पुगेको बताएका छन् । हालसम्म ३ सय ७५ जना सङ्क्रमित पुष्टि भइसकेको छ ।

मंगलबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले अहिलेसम्मको परीक्षणको आधारमा त्यति सङ्ख्या पुग्ने बताए ।

‘अहिलेसम्म चार सय ३ हुन सक्ने सम्भावना रहेको जानकारी आएको छ तर कन्फर्म आइसकेको छन्’, प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले जनप्रनिधिको दबाबका कारण नेपालमा कोरोना भाइरस भयावह भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार कोरोना मुक्त नेपाल घोषण गर्नै तयारीमा रहेका बेला स्थिति भयावह बन्ने अवस्था आएको बताएका हुन् ।

‘नेपाल कोरोना मुक्त घोषणा गर्ने तयारीमा थियौं । तर, सकेनौं । जनप्रतिनिधिको दबाबले । नागरिकको असक्षमताका कारणले’, उनले भने, ‘नेपाललाई कोरोना मुक्त देश बनाउने अभियानमा छौं । नीति तथा कार्यक्रममा । स्वस्थ नागरिक र निरोगी नेपाल बनाउनु हाम्रो उदेश्य हो । कोरोनाको उपचार प्रतिरोध हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement