अतिक्रमित हाम्रो भूमि फिर्ता लिन्छौंः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमनत्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता लिने दाबी गरेका छन् ।

‘हाम्रो भूमि हामी फिर्ता लिन्छौं । हिजो पारित भएको छ । आजभोलीसम्ममा प्रकाशित हुन्छ’, उनले भने, ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ ।’

नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वि.सं. २०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताए ।

‘हाम्रो भूमि बेकारको अकुपाइँ गरेर आफ्नो बनाएको छ,’ उनले भने, ‘यो विषय सेलाउन दिइने छैन । कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ ।’

उनले संविधानको अनुसूची ३ संशोधन गर्ने बताएका छन् । आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रधानमन्त्रीले बताए ।

‘संविधानको अनुसूची ३ को एउटा बुँदा संशोधन गर्न सदनमा प्रस्तुत गरिनेछ । अरु पनि विषयहरु हुनसक्दछन् । अरु विषयको सम्बन्धमा भोली हामी छलफल गर्न सक्छौं । संविधान संशोधनका कुरा गर्न सक्छौं’, उनले भने, हाम्रो क्लियर कट बाटो यो भनेर द्विविधारहित ढंगले जान्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement