कांग्रेसलार्इ प्रधानमन्त्री अाेलीकाे ब्यंग्य: ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुँदैन’


काठमडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन्।

सुखानीमा साहदत प्राप्त गरेका योद्धाहरुको सम्मानमा आयोजित ४५ औं सहिद स्मृति दिवशका अवरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताए।

केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् । तर एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ नहुने ओलीले बताए।
‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस’ प्रधानमन्त्री ओलीको भनाइ छ।

सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए। पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहिद,दुर्गानन्द झा,भिमदत्त पन्त लगायतलाई सहिद घोषणा विगतका सरकारले कञ्जस्यांई गरेको ओलीले बताए । ‘

वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आतिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरु असफल हुने बताए।
कम्यूनिष्टहरुलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुँदैन’ कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ,’ उनले भने।

तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंशी,कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement