प्रधानमन्त्रीद्वारा पाकिस्तान विमान दुर्घटनाबारे दुःख व्यक्त


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानमा भएको विमान दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् ।

‘आज पाकिस्तानमा विमान दुर्घटना भएको खबर सुनेर म साह्रै स्तब्ध भएँ । पाकिस्तान सरकार र शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ चाहन्छु’, उनले भनेका छन् ।

आज भएको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए ३२० विमान दुर्घटनामा ९० जना यात्रु र ८ जना चालक दलका सदस्यहरू रहेका थिए । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement