गोकुललाई प्रधानमन्त्रीको जवाफः भोलि तिते करेला खाएर विवादलाई टुंगो लगाउँछौं


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादले जनता र पार्टी कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

सोमबार बालकोट निवासमा पुगेका प्रधानमन्त्री ओलीले जनतामा निराशा छाएकाले विवादलाई चाँडै टुंगो लगाउनुपर्ने बताएका हुन् ।

‘आजै सक्नुपर्छ भन्ने थियो गुलियो खाएको बेलामा किन तितो कुरा गर्ने भनेर हो । भोलि तिते करेला खाएर भने टुंगो लगाउँछौं,’ प्रधानमन्त्री ओलीले महेश बस्नेत र गोकुल बाँस्कोटासँग भने, ‘धेरै तनाव लिनु पर्दैन । हामी टुंगो लगाउँछौं । छलफल सकारात्मक छ । हामी चाँडै नै टुंगो लगाउँछौं ।’

बालकोटबाट बालुवाटार फर्किने बेला बाँस्कोटाले प्रधानमन्त्रीले अब कहिले आउने भनेर सोध्दा अढाई वर्ष फर्किन्नँ होला भनेर जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पूर्वमन्त्री बाँस्कोटा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement