अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रधानमन्त्रीको बधाई, नजिकबाट काम गर्ने प्रतिबद्धता


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । बाइडेन र ह्यारिस शनिबार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने बताएका छन् ।

‘तपाईहरुकोको प्रभावशाली र ऐतिहासिक जीतमा म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु’, उनले ट्वीटरमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement