यी हुन प्रधानमन्त्रीको टिमबाट बाहिरिने सल्लाहकार र सहयोगी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयमा कार्यरत सल्लाहकार र सहयोगीलाई राजीनामा दिन निर्देशन दिएका छन् । उनले आफ्नो सचिवालयमा कार्यरत सल्लाहकार र सहयोगीसँग असन्तुष्टी बन्दै गइरहेका छन् ।

सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन् ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले राजनीति, विदेश मामला, प्रेस, प्रविधि, जनसम्पर्कलगायत विषयमा सल्लाहकार नियुक्त गरेका छन् । उनै सल्लाहकारसँग शुक्रबार बालुवाटारमा छलफलमा बसेका प्रधानमन्त्री ओलीले राजीनामा दिन निर्देशन दिएका हुन् ।

को–को छन् राजीनामा दिनेमा ?

प्रधानमन्त्री ओलीकाको सचिवालयमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, प्रविधि सल्लाहकार अस्गर अली, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी, रामशरण बजगाईं र स्वकीय सचिव इन्द्र भण्डारी रहेको स्रोतले जानकारी दियो । यी मध्य केहीलाई भने प्रधानमन्त्रीले आफ्नो सचिवालयमा राख्ने इच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement