बंगलादेशका राष्ट्रपतिसँगको भेट फलदायी भयो: प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँगको भेट फलदायी भएको बताएका छन् । बुधबार प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच होट मेरियटमा भेट भएको हो ।

प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, ‘बंगलादेशका राष्ट्रपति श्री मो. अब्दुल हमिदसँगको भेट फलदायी भएको छ । नेपाल सरकार, नेपाली जनता, आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रपति हमिद, उनकी श्रीमति र प्रतिनिधिहरुलाई हार्दिह स्वागत गर्दछु । उहाँहरुको नेपाल बसाइ सुखद बनोस् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए । उनले मंगलबार दिउँसो भक्तपुर भ्रमण गरेका थिए भने बेलुका परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गरेका थिए ।

उनले यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरेका थिए ।

आज ६ बजेर १५ मिनेट जाँदा उनको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यतितर्फ प्रस्थान गर्नेछन् । ६ः३० बजेबाट ९ बजे सम्म रात्रिभोजको कार्यक्रम रहेको छ । उनी ९ बजेर १० मिनेटमा होटल म्यारिएट फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement