हामी कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दैनौंः प्रधानमन्त्री ओली

हामी कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दैनौंः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले आफूले कसैलाई पनि किस्तिमा राखेर प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर नहिँडेको स्पष्ट पारेका हुन् ।

‘आफ्नो पार्टी फुटाएर,सरकार ढालेर अरुलाई बनिदेऊन भन्दै हिडेका छन् बिचराहरू । हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं,’ उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको भन्दै व्यंग्य गरेका छन् । उनले संसदीय दलको नेता आफू रहेको भन्दै कुन दलको बैठक भन्दै प्रश्न गरेका छन् ।

‘आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन’, उनले भने ।