प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय मिडियामा खैलाबैला !


काठमाडौं – भारतले नेपाली भूमी अतिक्रमण गरेसँगै चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानीलाई आफ्नो नक्सामा समेटे पनि नेपालको सीमाबाट भारतीय सेनालाई हट्न आग्रह गरेका छन् ।

पहिलोपटक प्रधानमन्त्रीले सीमा विवादबारे सार्वजनिक अभिव्यक्ति दिएपछि भारतीय मिडियामा पनि राम्रै स्थान पाइरहेको छ । भारतीय मिडियाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । चर्चित अनलाइन बीबीसी हिन्दीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रकाशित गरेको छ ।

बीबीसी हिन्दीले भनेको छ, ‘नेपालमा बढ्दो विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भनेका छन्, ‘कालापानी नेपाल, भारत र तीब्बतको त्रिदेशीय विन्दु हो, यहाँबाट भारतले तत्काल आफ्नो सैनिक हटाउनुपर्छ ।’

अमर उजाला दैनिकले ‘कालापानी से भारतीय सैनिकों को हटाएंगे’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ ।

भारतीय दूतावास अघि प्रदर्शन भएको कुरा समेत उल्लेख गर्दै समाचारमा नक्सा जसले पनि छाप्न सक्छ, तर नेपाली भूमिमा नेपालकै सेना रहन्छ भनेर प्रधानमन्त्री ओलीले भनेको उल्लेख छ ।

अमर उजालाको अनलाइन संस्करण लेख्छ, ‘नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक’

प्रतिक्रिया दिनुहोस
Advertisement