प्रधानमन्त्रीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्ने

प्रधानमन्त्रीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले केहीदिनभित्रै ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।

आयोजनाको सुरुङमा आजदेखि पानी खसालिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् ।