कोरोनाको खोप उपलब्ध गराउन बेलायतसँग प्रधानमन्त्रीको आग्रह


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।

आज सिंहदरबारस्थित कार्यकक्षमा राजदूत पोलिटले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उक्त अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यत: कोभिड–१९ विरूद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको उनले बताए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । साथै उनले नेपाली जनताको लागि एस्ट्राजेनेका कोरोना भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement