राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेका थिए पार लागेन,अब सभामुखविरुद्ध लगाउन सक्छन्: ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन अस्थायी भएको बताएका छन् ।

बिहीबार पार्टी निकट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन अस्थायी भएको बताएका हुन् । उनले यस्ता गठबन्धन अस्थायी हुने भन्दै यो गठबन्धनलाई देश बिगार्न नदिइने बताए । उनले यो गठबन्धन सरकारबाट सकरात्मक भन्ने केही काम पनि नहुने टिप्पणी समेत गरे ।

त्यस्तै ओलीले गठबन्धनका दलले यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेको र नसकेको दाबी गरेका थिए। ‘यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेका थिए, पार लागेन,’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन यिनीहरूले महाभियोग ल्याउन बेर लगाउँदैनन्। किनभने २५ प्रतिशत पुगिहाल्छ। यिनीहरूसँग त बहुमत पनि छ। लाज सरम भन्ने कुरा केही छैन।’

यसअघि पनि प्रधानन्यायाधीशहरूलाई गठबन्धनका दलहरूले महाभियोग लगाएको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement