हामी सरकारबाट बाहिरिएसंगै देश आर्थिक संकटमा फस्यो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेपछिका दुई वर्षमै देश ओरालो लागेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय मुख्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू सरकारबाट हटेपछिका दुई वर्षमै देश ओरालो लागेको बताएका हुन् ।

ओलीले आफ्नो पार्टी देशद्रोही र भ्रष्ट तत्त्वहरूविरुद्ध कडा भएर उभिने समेत बताएका छन् । उनले भने, ‘हामी सरकारबाट बाहिरएको दुई वर्षको बीचमा देश कसरी ओरालो लाग्यो । बजेट कसरी रोक्का भए ? देश कसरी आर्थिक संकटमा फस्यो । आयोजना कसरी खारेज भए ? यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’ उनले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement