चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा सदनमा विफ्रिङ : रेल, ऊर्जा प्राथमिकतामा


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको पूर्वसन्ध्यामा संघीय संसदलाई जानकारी गराएका छन्।

यस पटकको भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताका विषयमा थप छलफल गरेर नेपालका प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई जानकारी गराइने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अहिले हाम्रो राष्ट्रिय एजेण्डाका रुपमा विकास नै हाम्रो प्राथमिकता हो।’

नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दै ओलीले, ‘चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ।’

उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुने उनले बताए। राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिने समेत उनले बताए।

प्रधानमन्त्री ओलीले काठमाडौं– वीरगञ्ज रेल सर्भे टोली काठमाडौँ आइसकेको र नेपाल र भारत बीचको सम्बन्ध सुदृढ तुल्याउने ढंगले भएका सहमतिका आधारमा काम फटाफट भइरहेको बताए।

मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने उनले बताए।

चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा ओली मंगलबार त्यसतर्फ जाँदैछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement