पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्री ओलीले दिए बधाई

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्री ओलीले दिए बधाई


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यसचिवमा पहिलो महिलाका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबूकमार्फत देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बिहीबार भएको मन्त्रिपरिषद् बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।