बालकोटमा सार्वजनिक जग्गा परेको रैन छ, ढुक्क भयोः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गाबाट आफू भवितव्यले जोगिएको बताएका छन् । उनले बालुवाटारको जग्गाको प्रकरण आएपछि आफूले बालकोटमा पनि सोधीखोजी गरेको बताएका छन् ।

‘बालुवाटार जग्गा प्रकरण आएपछि मैले त्यहाँ (बालकोटमा) सोधें साथीहरुलाई, त्यो पनि कतै सार्वजनिक जग्गा त परेको छैन ? त्यस्तो रैन छ, ढुक्क भयो’, उनले भने ।

उनले आफू झण्डै बालुवाटारको जग्ग किनेर फसेको बताएका छन् । उनले आफू विगतमा घडेरी खोज्दै हिँडेको स्मरण गर्दै प्रधानमन्त्री अ‍ोलीले भवितव्यबाट जोगिएको बताएका हुन् ।

‘म भाग्यमानी रहेंछु । म घडेरी खोज्दै हिँड्याथें, बालुवाटार धन्न परेनछ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबेला यहाँ (बालुवाटारमा) किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु । मैले वहाँ, बालकोट गएर किनें ।’

जग्गा किन्ने व्यक्तिले धनीपूर्जा हेर्ने र मालपोतमा गएर जग्गा पास गर्ने भएकाले आफू भवितव्यबाट जोगिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ललितानिवासको जग्गा प्रकरण बाहिर आएपछि आफूले बालकोटमा रहेको आफ्नो निवासको जग्गाबारे पनि सोधीखोजी गरेको प्रधानमन्त्री ओली बताउँछन् । उनी भन्छन्, ‘बालुवाटारको जग्गाको प्रकरण आएपछि मैले त्यहाँ (बालकोटमा) सोधें साथीहरुलाई, त्यो पनि कतै सार्वजनिक जग्गा त परेको छैन ? त्यस्तो रैन छ, ढुक्क भयो ।’

प्रधानमन्त्रीले थपे, ‘त्यो आफ्नो हिसाबले भन्दा पनि भवितव्यले त्यस्तो नपरेको हो ।’

बालुवाटारको जग्गा प्रकरणमा कसलाई कारवाही गर्ने वा नगर्ने भन्ने विषय सरकारको नभएर अख्तियार र अदालतको भएको प्रधानमन्त्री ओलीले बताएका छन् । सरकारको काम जग्गा रोक्का गर्ने मात्र भएको र त्यो रोक्का राखिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement