काठमाण्डु-संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ताका लागि अमेरिकाबाट कतार आइपुगेका छन् । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभामा सम्बोधन गरेका थिए भने अन्य केही कार्यक्रममा पनि सहभागी भएका थिए ।
उनी आइतबार अमेरिकाबाट कतारको दोहा पुगेका छन् । उनी दोहा हुँदै आज काठमाडौं आइपुग्दै छन् ।
प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । यस्तै उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनपछि केही भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया