बालेनका समर्थकहरूले चलाए फेसबुकमा ओलीलाई ‘अनफलो’ अभियान

बालेनका समर्थकहरूले चलाए फेसबुकमा ओलीलाई ‘अनफलो’ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’लाई अनफलो गर्ने अभियान सुरु गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै अनफलो अभियान चलेको हो ।

मेयर शाहका समर्थकहरूले ओलीको भेरिफाईड फेसबुक पेज अनफलाको अभियान छेडेका हुन् । अधियान पछि ओलीको पेजमा लाईक गर्नेहरूको संख्या निरन्तर घटिरहेको छ ।

प्रधानमन्त्री ओलीको फेसबुकमा ६ लाख ६२ हजार फलोअरर्स रहेकोमा अभियान सुरु भएपछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन् ।

मेयर शाहले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरूले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेसबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले हिनो ‘फेसबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’ भनेर स्टाटस पोस्ट गरेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरूले ओलीको फेसबुक पेज अनफलो गर्ने अभियान सुरु गरेका हुन् ।