मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट पुगे प्रधानमन्त्री


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक निजी निवास बालकोट पुगेका छन् ।

उनी सोमबार घर नगएको धेरै भएकाले प्रधानमन्त्री घर हेर्न बालकोट गएका हुन् । प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कुनै काम विशेषले बालकाेट नगएकाे बताए ।

प्रधानमन्त्री ओलीको निजी निवासमा पूर्वमन्त्री एवम् नेकपा सांसद गोकुल बाँस्कोटा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement