राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता, आजै सेना परिचालन हुन सक्ने


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटवार्तामा सेना परिचालन सम्बन्धी छलफल भएको बताइएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

गत जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष प्रसताव लैजाने निर्णय गरेको थियो ।

विपद् व्यवस्थापनका लागि सरकारले राष्ट्रपतिको स्वीकृतिमा सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यस्तै छिमेकी मुलुकसँगको खुल्ला सीमाका कारण नागरिकहरु सजलै ओहोरदोहोर गर्न थालेपछि सरकारले थप कडाइ गर्ने भएको छ ।

सम्भवत आजै राष्ट्रपतिबाट सेना परीचालन सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि सीमामा पनि सेना परिचालन हुनेछन् ।

विधेयकको उपदफा २ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताका कारण गम्भीर सङ्कट उत्पन्न नेपाली सेनाको परिचालन गर्न आवश्यक देखिएमा परिषद्‌को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ।’

तर उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ मा जेसुकै लेखिएको भए पनि गम्भीर राष्ट्रिय सङ्कट उत्पन्न भएमा वा तत्काल सेना परिचान नगरे त्यस्तो सङ्कट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्‌को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement