संयुक्त सम्बोधन अघि बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच ‘वान टू वान’ भेटवार्ता

संयुक्त सम्बोधन अघि बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच ‘वान टू वान’ भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता सुरू भएको छ । प्रतिबन्धपछि प्रधानमन्त्री र विप्लवबीच पहिलोपटक भेट भएको हो ।

उनीहरुबीच ‘वान टू वान’ वार्ता सुरू भएकाे स्राेतले जानकारी दियाे । भेटमा आगामी रणनीतिका विषयमा छलफल हुने स्रोतले जानकारी दियो । उनी वार्ता समितिका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै बालुवाटार पुगेका छन् ।

दिउँसो २ बजे राष्ट्रियसभागृहमा सम्बोधन गर्नुअघि महासचिव विप्लव प्रधानमन्त्री भेट्न बालुवाटरमा पुगेका हुन् । विप्लवलाई नवलपरासीबाट  प्रहरीले  स्कर्टिङ गरेर काठमाण्डु ल्याएकाे हाे ।

प्रधानमन्त्री र महासचिव विप्लवले सभागृहबाट संयुक्त सम्बोधन गर्दैछन् ।