सरकारबाट चार जना बाहेक सबै मन्त्री आउट !

सरकारबाट चार जना बाहेक सबै मन्त्री आउट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले चार जना बाहेक सबै मन्त्रीलाई बिदा गरेका छन् ।

शुक्रबार मन्त्रिमण्डल पुर्नगठन गर्दै प्रधानमन्त्री अ‍ोलीले नेकपा एमालेबाट मन्त्री बनेका चार जना बाहेक अन्य सबैलाई हटाएका हुन् ।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, वनमन्त्री प्रेम आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेलाई हटाएका छन् ।

उनले परराष्ट्रमा रघुवीर महासेठ र स्वास्थ्यमा शेरबहादुर तामाङलाई ल्याएका छन् ।