सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रिए ओली समर्थक

सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रिए ओली समर्थक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने फैसला गरेपछि नेकपा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन् ।

संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउँदै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि आक्रोशित बनेका एमाले कार्यकर्ता सडकमा निस्केका हुन् ।

युवा नेता महेश बस्नेतले माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेपछि एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ ।