त्रिदेशीय फुटबल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

त्रिदेशीय फुटबल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधामन्रत्री केपी शर्मा ओली त्रिदेशीय फुटबल हेर्न जाने भएका छन् ।

घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न आज प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । खेल साँझ ५ः३० बजेबाट सुरु हुँदैछ ।

उनले प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ ।