किरणले ओलीलाई घर दिए, बदलामा ओलीले मुख्यमन्त्री दिए

किरणले ओलीलाई घर दिए, बदलामा ओलीले मुख्यमन्त्री दिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तीन वर्षअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर एमालेमा आएका भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि एमालेमा लामो समय योगदान र रानीतिक इतिहास बोेकेका आकांक्षीलाई पछि पार्दै थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

मंगलबार बसेको एमाले संसदीय दल बैठकले थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्रीका लागि संसदीय दलका नेता जगन्नाथ थपलिया पनि प्रमुख दाबेदार थिए । ओलीकै दबाबमा अन्ततः थपलिया पछि हटेपछि थापाका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

थापालाई मुख्यमन्त्री बनाउने निर्णय भए पनि एमाले संसदीय दलको नेतामा भने थपलियालाई नै निरन्तरता दिइएको छ ।

अन्ततः मुख्यमन्त्री थापा र संसदीय दलको नेता थपलियालाई कायम राख्ने गरी विषय टुंग्याइएको नेताहरुले बताएका छन् ।

दुई साताअघि ओलीले गुण्डु बोलाएर थपलियालाई आफ्नो रोजाइमा थापा मगर रहेकाले दल नेताबाट राजीनामा दिन थपलियालाई दबाब दिएका थिए । त्यही क्रममा ओलीकै अचेत भएर ढलेका थपलिया लामै समय अस्पताल बसे ।

थापा एमाले सचिव महेश बस्नेतनिकट मानिन्छन् । घरजग्गा व्यवसायमा समेत संलग्न रहेका थापा पछिल्लो समय एमाले अध्यक्ष ओलीसँगको निकटताका कारण चर्चामा आएका थिए । जेनजी आन्दोलनपछि ओलीका लागि गुण्डुमा बस्ने घरको प्रबन्ध थापाले नै मिलाएका थिए ।
जेनजी आन्दोलनपछि ओली गुण्डुमा थापाले नै बन्दोबस्त गरिदिएको घरमा बस्दै आएका छन् ।

भक्तपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित थापा एमाले प्रवेश गरेको करिब तीन वर्षमै ओलीको मन जितेर प्रदेश सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । राप्रपाबाट एमालेमा आएपछि उनले पार्टीभित्र आफ्नो राजनीतिक पहुँच विस्तार गर्दै लगेका थिए ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीचको नयाँ सत्ता समीकरणअनुसार बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको थियो । त्यसपछि मुख्यमन्त्री बन्न एमालेभित्र तीव्र प्रतिस्पर्धा सुरु भएको थियो ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ गरी सत्ता गठबन्धनसँग ५१ सांसद छन् ।

एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले बहुमत पुर्‍याउन थप दुई सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ ।

काँग्रेसका ३६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । राप्रपाले भने यसअघि नै तटस्थ बस्ने निर्णय गरिसकेको छ ।