काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री अोली र नेता नेपालबीच चपलीस्थित एक व्यवसायीको घरमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा प्रधानमन्त्री अोली र नेता नेपालबीच भेटवार्ता सुरु भएको हो ।
आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित चार जना नेतामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।




प्रतिक्रिया