बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, भएन सहमति


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सम्पन्न भएको छ ।

ओली र प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताले नयाँ सहमति नभएको स्रोतले जानकारी दियो ।
दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको थियो । बैठक भोलि फेरि बस्ने भएको छ ।

पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement