मन्त्रिमण्डल पुर्नगठनः ओली र प्रचण्डबीच भागबन्डामा कुरो मिलेन


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल गर्न सोमबार बिहानबाट सुरु भएको वार्ता बिना निष्कर्ष टुंगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनकाअनुसार छलफललाई पुनः निरन्तरता दिनेगरी आजको बैठक टुंगिएको हो ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाको विषयमा छलफल भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले टुक्रिएर बनेका २४ मध्ये थप मन्त्रालय पूर्वमाअ‍ोवादीले पाउनुपर्ने माग राखेका छन् । तर, प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव अस्वीकार गरेका छन् । हाल पूर्वमाअ‍ोवादीबाट सात जना मन्त्री छन् ।

‘आजको बैठक कुनै सहमतिमा पुग्न सकेन । मोटामोटी हेर्दा दुवै अध्यक्षबीच भागबन्डा कुरा नमिलेको देखिएको छ । उहाँहरु छलफल र वार्ताको माध्यमबाट नै सहमतिमा पुग्नु हुन्छ भन्ने विश्वास’, ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement