नेकपा विवादः अ‍ोली पक्षका नेतासँग पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डको छलफल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई जना सचिवालय सदस्यसँग छलफल गरेका छन् ।

शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले नेकपा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग पार्टीको आन्तरिक विवादबारे छलफल गरेका हुन् ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावपछि आक्रोशित बनेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउण्टरमा अर्को प्रस्ताव ल्याउने भएका छन् ।

मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री अ‍ोलीले प्रचण्डको उक्त प्रस्तावविरुद्ध १३ गतेको सचिवालय बैठकमा पुनः अर्को जवाफी प्रस्ताव ल्याउने बताएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीसहित उनी पक्षका नेताहरुले अध्यक्ष प्रचण्डले एकतर्फी संगिन आरोप लगाएको बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएका आरोप पुष्टि भए आफू पदमा नबस्ने बताएका छन् । त्यस्तै उनले आरोप पुष्टि गर्न नसके प्रचण्डले पद छोड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement