नेकपाको विवाद समाधानका लागि बिहानैबाट छलफलमा जुटे अध्यक्षद्वय अ‍ोली–प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्ष नेकपाभित्रको विवाद समाधानका लागि छलफलमा जुटेका हुन् ।

आइतबार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वय अ‍ोली र प्रचण्डबीच छलफल भएको थियो । हिजोको बैठक सकारात्मक भएपछि आज पनि पुनः छलफल भएको हो ।

आजको बैठकमा पनि नेता खनाल र उपनेता नेम्वाङ सहभागी छन् । प्रधानमन्त्री ओलीले चैतमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement