बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठक डाकियो


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिमण्डल पुर्नगठनको हल्ला चलिरहेका बेला बिहीबार बिहान दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटावार्तामा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार आजको भेटवार्तामा सरकारमा रहेका पुराना केही मन्त्रीको ठाउँमा नयाँ मन्त्रीलाई स्थान दिने विषयमा छलफल भएको थियो ।

हाल सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय रिक्त छन् । उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

मंगलबार सम्पन्न भएको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनका विषयमासमेत छलफल गरेको थियो । बैठकले मन्त्रिपरिषद् पुर्नगठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने विषयमा नीतिगत रुपमा सुझाव दिएको थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिमण्डल पुर्नगठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement