ओलीले संसद्‍मा जानकारी गराए आफु प्रधानमन्त्री बनेपछि थालेका ७ काम

ओलीले संसद्‍मा जानकारी गराए आफु प्रधानमन्त्री बनेपछि थालेका ७ काम


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि थालनी गरेका ७ काम प्रतिनिधि सभालाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि थालनी गरेका ७ कामबारे जानकारी गराएका हुन् ।

ओलीले सम्बोधनका क्रममा आफूले थालनी गरेका काम सक्ने अठोट लिएको समेत बताए । ओलीले भने, ‘प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले थालनी गरेका ७ काम यस्ता छन् ।

१. काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ ।

२. चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको छ ।

३. ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ ।

४. यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ ।

५. खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ ।

६. रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो ।

७. विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।