प्रधानमन्त्री ओलीसँग जी न्यूजका सुधिरको अन्तर्वार्ता


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् । उक्त अन्तर्वार्ता आज राती ८ बजे जी न्यूजमा आउने उनले बताएका छन् ।

शनिबार काठमाण्डु आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अ‍ोलीको अन्तर्वार्ता लिएको हो । उनले सामाजिक सञ्जालमार्फत आफूले छिमेकी राष्ट्रलगायत समसामयीक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको बताएका छन् ।

‘छिमेकमा के हुँदैछ भनेर जान्नु महत्त्वपूर्ण छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालले किन भारतलाई ठूलो भाईको रूपमा व्यवहार गर्न चाहँदैन भन्ने सम्बन्धमा राम्रो कुराकानी गरेको थियो’, उनले भनेका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजनले नेपालमाथि विभिन्न आरोप लगाएका थिए ।

जी न्यूजसहितका भारतीय सञ्चारमाध्यमहरुले नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए । जी न्यूजबाट उक्त कार्यक्रम सुधिरले नै सञ्चालन गरेका थिए । उनले पछि ट्वीटरबाट माफी समेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement