नाचगानको अवस्था छैन्, जीवन रक्षालाई उच्च महत्त्व दिनूः प्रधानमन्त्री अ‍ोली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर हरितालिका तिज मनाउन आग्रह गरेका छन् ।

शुक्रबार हरितालिका तिजको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री अ‍ोलीले कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै तिज मनाउन आग्रह गरेका हुन् ।

‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना’, उनले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले यस वर्षको तिजमा नाचगान र रमझमको अवस्था नरहेको भन्दै सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् ।

‘यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन’, उनले भनेका छन्, ‘विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement