काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको घाटीमा समस्या देखिएको छ । घाटीमा समस्या देखिएपछि आजका लागि तय भएका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम थियो । अस्वस्थ भएपछि ओली त्यो कार्यक्रममा उपस्थित भएनन् ।
त्यस्तै बालु्वाटारमा आजका लागि तय भएका भेटघाटका कार्यक्रम पनि स्थगित गरिएका छन् । अन्य तय भएका औपचारिक कार्यक्रम पनि रद्द गरिएको बालुवाटार स्रोतले बतायो ।
ओलीले अहिले बालुवाटारमै आराम गरिरहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार साँझ पार्टी सचिवालय बैठकमा सहभागी भएका थिए।
चिसोका कारण उनको घाटीमा समस्या आएको हुन सक्ने सचिवालय स्रोतले बतायो ।
प्रतिक्रिया