काठमाण्डु– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनमा युवाको आक्रोश केही स्वाभाविक भए पनि उनीहरूलाई ‘इन्जेक्टेड’ अर्थात् प्रायोजित भयानक षड्यन्त्रमार्फत झुक्याएर सडकमा उतारिएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त आन्दोलन स्वाभाविक, वैध र लोकतान्त्रिक मात्र नभएको उल्लेख गरेका छन्। उनले रोजगारीको अभाव, ऋणको भार, भविष्यप्रतिको निराशा र राज्यले नदेखेको अनुभूतिका कारण धेरै युवाको पीडा वास्तविक रहेको स्वीकार गर्दै त्यसलाई बेवास्ता गर्न नहुने बताएका छन्।
तर युवाको असन्तोष वास्तविक भए पनि त्यसका नाममा भएका सबै घटना स्वाभाविक र लोकतान्त्रिक हुन नसक्ने ओलीको भनाइ छ। उनले विरोध र हिंसा फरक विषय भएको उल्लेख गर्दै संसद् जलाउने तथा आगजनी र उपद्रवमार्फत संवैधानिक सत्ता संरचना ध्वस्त पार्ने घटनालाई अलग रूपमा हेर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल नियमनसम्बन्धी तत्कालीन सरकारको निर्णयलाई धेरैले प्रतिबन्धका रूपमा बुझेको भन्दै ओलीले सरकार आफ्नो निर्णयको उद्देश्य बुझाउन असफल भएको स्वीकार गरेका छन्। उनले संवाद, पूर्वसूचना, कानुनी स्पष्टता र नागरिक विश्वास निर्माण आवश्यक रहेको उल्लेख गरेका छन्।
साथै, सामाजिक सञ्जालमा फेक आईडीमार्फत चरित्रहत्या, अफवाह, झुटा काण्ड, घृणाजन्य सामग्री, साइबर अपराध तथा आर्थिक ठगी बढिरहेको भन्दै सामाजिक सञ्जाल नियमनको आवश्यकता रहेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
यस्ताे छ पूर्णपाठ :-




प्रतिक्रिया